१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् ।
पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ ।
सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’
उक्त बैठकमा प्रचण्डले भने एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका छन् । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।
तथापि, कसरी दुवै संगठनलाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताएका हुन् ।
छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।
नेता जनार्दन शर्माले भने हतारमा एकता गर्न नहुने मत राखेका हुन् ।
प्रतिक्रिया 4