१६ कात्तिक, काठमाडौं । तानसेन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । तानसेन रिडीधामस्थित ऋषिकेश मन्दिरको रथयात्रा गरिने भएकाले नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार नगर कार्यपालिकाको गत असोज २६ गते बसेको बैठकले ऋषिकेश मन्दिरको महिमा बढाउन र सो क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित गर्न भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज कात्तिक १६ गते नगरपालिका मातहतमा रहेका सामुदायिक र संस्थागत विद्यालय, नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायतका संघ संस्था बन्द गरिएको छ ।
नगरपालिकाले अत्यावश्यक सेवा भने जारी रहने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4