+

संजित सिंह यू–१७ फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

२०८२ कात्तिक  १६ गते १३:०० २०८२ कात्तिक १६ गते १३:००
संजित सिंह यू–१७ फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले आगामी एएफसी यू–१७ एसियन कप छनोटका लागि नेपाली यू–१७ राष्ट्रिय टिमको आधिकारिक टिम स्टाफ घोषणा गरेको छ।
  • संजित सिंह टिमका मुख्य प्रशिक्षक, रामचन्द्र थापा मगर र देवकुमार मादेन सहायक प्रशिक्षक नियुक्त भएका छन्।
  • भरतबहादुर बस्नेत टिम म्यानेजर, प्रविण खाँचे श्रेष्ठ गोलकिपिङ प्रशिक्षक, विनोद भट्टराई फिजियो र धर्मेन्द्र कुमार यादव टिम डाक्टर रहेका छन्।

१६ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली यू–१७ राष्ट्रिय टिमको आधिकारिक टिम स्टाफ घोषणा गरेको छ।

घोषित सूचिअनुसार संजित सिंह टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। रामचन्द्र थापा मगर र देवकुमार मादेन सहायक प्रशिक्षक रहनेछन्।

टिमका अन्य पदाधिकारीमा भरतबहादुर बस्नेत टिम म्यानेजर, प्रविण खाँचे श्रेष्ठ गोलकिपिङ प्रशिक्षक, विनोद भट्टराई फिजियो र धर्मेन्द्र कुमार यादव टिम डाक्टर रहेका छन्।

एन्फाले आगामी छनोट प्रतियोगिताका लागि सम्पूर्ण टिमलाई शुभकामना दिएको छ।

यू-१७ फुटबल टिम संजित सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय