१६ कात्तिक, काठमाडौं । मेक्सिकोको हर्मोसिलोमा एक पसलमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
हर्मोसिलो शहरस्थित वाल्डोज नामको स्टोरमा आगलगी भएको हो । वाल्डोज मेक्सिकोकै सबभन्दा ठूलो डिस्काउन्ट स्टोरको चेन समेत हो ।
स्थानीय अधिकारीका अनुसार विस्फोटपछि आगलागी भएको थियो । तर, त्यहाँका गभर्नर अल्फोंसो दुराजोले भने आगलागीको कारण नखुलेको बताएका छन् ।
सोनोरा राज्यका पब्लिक सेक्रेटेरिएटले यस घटनालाई आम नागरिकलाई लक्षित गरेर गराइएको भन्ने आरोपको खण्डन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4