News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडियन कैलाश कार्कीले नयाँ इम्प्रोभ कमेडी कार्यक्रम 'फन्टूस शो' शनिबारदेखि ओएसआर रियालिटी युट्युब च्यानलमा सुरु भएको बताउनुभयो।
- कार्यक्रममा सन्तोष थापा प्रस्तोता छन् र आशिष न्यौपाने, रजनीश अर्याल लगायत प्रतिस्पर्धीका रूपमा सहभागी छन्।
- शो तीन चरणमा विभाजन गरिएको छ र २० औं एपिसोडमा विजेता घोषणा गरिने तथा नगद पुरस्कार प्रदान गरिने निर्देशक कार्कीले उल्लेख गर्नुभयो।
काठमाडौं । कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन्टूस शो’ दर्शकमाझ ल्याएका छन् ।
‘इम्प्रोभ कमेडी’ शैलीमा शो आधारित रहेको प्रेषित विवरणमा जनाइएको छ । यस्तो कमेडी शैली प्रत्यक्ष थिएटरको एक रूप हो जसमा प्रस्तुत गरिएको धेरैजसो वा सबै कुरा कलाकारद्वारा स्वचालित रूपमा सिर्जना गरिन्छ, बिना स्क्रिप्ट वा पूर्वनिर्धारित संवाद ।
लिखित कथालाई पछ्याउनुको सट्टा, कलाकारले दर्शकको सुझाव प्रयोग गरेर यसमा दृश्य, पात्र र चुट्किला तुरुन्तै बनाउँछन् ।
कलाकार कार्की हिमालय टिभीबाट प्रसारण हुँदै कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा आफ्नो सशक्त प्रस्तुतिले चर्चामा छन् । शो चलिरहँदा कार्कीको नयाँ शो आएको हो ।
नेपालमा नयाँ विधाको कमेडी परिचित गराउने उद्देश्यले उक्त शो ल्याएको शोका निर्देशक समेत रहेका कार्कीले बताए । उनले भने, ‘मेरो उद्देश्य नै दर्शकलाई नयाँ विधाको कमेडीबारे जानकार गराउनु हो । हाँस्यकलाकार भएकाले यो मेरो जिम्मेवारी पनि हो ।’
कार्यक्रमको पहिलो एपिसोड शनिबार साँझ सार्वजनिक भएको छ । हिल्स एण्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको यो शो हरेक शनिबार ओएसआर रियालिटी युट्युब च्यानलमा स्ट्रिमिङ हुन्छ ।
अर्का केमिडियन सन्तोष थापा कार्यक्रममा प्रस्तोताको भूमिकामा छन् । कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रेया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन् ।
उनीहरूले विभिन्न चरणमा फरक-फरक इम्प्रोभ गेम खेलेर प्रतिस्पर्धा गर्नेछन् । यो शोलाई तीन सिल्भर, गोल्ड र डायमन्ड गरी ३ चरणमा विभाजन गरिएको छ ।
प्रत्येक राउन्डमा ६ एपिसोड रहने, एलिमिनेसन तथा वाइल्ड-कार्ड प्रणाली लागू हुने निर्देशक कार्कीले बताए । २० औं एपिसोडको एक जनालाई विजेता घोषणा गरिने जनाइएको छ । विजेतालाई नगद र विभिन्न पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतिक्रिया 4