+
+
Shares

माओवादी-समाजवादी एकतामा गोपाल किराती पनि जोडिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १०:३१

१७ कात्तिक, काठमाडौं । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती पनि माओवादी-समाजवादी एकतामा जोडिएका छन् ।

आज सोमबार माओवादी केन्द्रका संयोजक प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर भएको छ ।

हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेकोले परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न एकताबद्ध हुनुपरेको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’

१० वर्षे सशस्त्र युद्धको पहलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, नेपाली समाजको प्रकृति अनुरुप विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्वता व्यक्त गरिएको छ ।

विगतमा भए गरेका वैचारिक राजनीतिक एवं सांगठानिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने सहमति बनेको छ । समीक्षाको जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता–संघर्ष–रुपान्तरण, मुख्यत: रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान सामर्थ्य आर्जन गर्ने भनिएको छ ।

गोपाल किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमतिपत्रमा उल्लेख छ ।

सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरु माओवादी केन्द्रमा धूवीकृत हुने भनिएको छ ।

स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग, लिङग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा साँस्कृतिक सम्पदा रक्षा आन्दोलनवीच समाजवादी ध्रुवीकरण बढाएर जाने भनेको छ ।

जसमार्फत नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभूता सुदृढीकरणमा पहलकदमी लिंदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य–व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पुँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेन जेड पुस्ताका युवाहरुसहित सबैसँग आव्हान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?