+

एनपीएलको खेलतालिका सार्वजनिक, फ्लडलाइटमा खेल हुने

२०८२ कात्तिक  २४ गते १९:१६ २०८२ कात्तिक २४ गते १९:१६

मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

एनपीएलको खेलतालिका सार्वजनिक, फ्लडलाइटमा खेल हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको खेल तालिका मंसिर १ देखि सार्वजनिक गरेको छ।
  • एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे खेल्नेछन्।
  • एनपीएलको १९ लिग खेल, ३ प्लेअफ र फाइनल खेलहरू फ्लडलाइटमा त्रिवि क्रिकेट रंगशालामा खेलिने छन्।

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।

मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

तालिका अनुसार उद्‍घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्ने छन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

तालिकाअनुसार एनपीएलको प्लेअफका ३ तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

त्रिवि क्रिकेट रंगशालामा १० हजार क्षमताको पारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ ।

एनपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय