+
+
Shares

प्रहरी हेडक्वार्टरको परिपत्र- तत्कालीन इञ्चार्जहरूले उपत्यका नछाड्नू

जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १३:५६

१८ कात्तिक, काठमाडौं । प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।

जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको हो । जाँचबुझ आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएको थियो ।

जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान थालेको छ । आइतबार नख्खु कारागारका जेलरसँग आयोगले सोधपुछ गरेको थियो । जेन–जी आन्दोलनका क्रममा गोली प्रहारबाट भदौ २३ मा २२ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?