१७ कात्तिक, हुम्ला । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीहरूको आज स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र जिल्ला स्वास्थ्य हुम्लाको समन्वय कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
कारागारमा रहेका १६ जना कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख डाक्टर उमाकान्त तिवारीले जानकारी दिए ।
समूहमा बस्ने व्यक्तिहरूमा सर्ने र नर्सेन रोगको समस्या हुने भएकोले कारागारका कैदीहरूको स्वास्थ्य जाँच गरिएको उनले बताए ।
कारागारभित्रका कैदीहरूको अधिकांशमा छालासम्बन्धी रोग देखिएकोले औषधि समेत उपलब्ध गराइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4