+
+
Shares

थापागाउँमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ कात्तिक १८ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा सुरु भएको छ।
  • पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे ठोस निर्णय गर्न नसकेपछि पक्षधरहरू छलफलमा जुटेका छन्।
  • विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए।

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ । काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा विशेष महाधिवेशन पक्षधरले भेला आयोजना गरेका हुन् ।

पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशन पक्षधर छलफलमा जुटेका छन् ।

भेला केहीबेरअघि सुरु भएको नेता गुरूराज घिमिरेले जानकारी दिए । यसघि गत आइतबारका लागि भेला डाकिएको थियो ।

तर, पार्टीले गत शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि यो समूहले आफ्नो भेला पनि पछि धकेलेको थियो ।

विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?