फाइल तस्वीर								
											१८ कात्तिक, जनकपुरधाम । भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।
चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगको समन्वयमा सीमा क्षेत्रमा कडाइ गरिएको हो ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय विधानसभा चुनावलाई लिएर एसएसबीले समन्वय गरेर सीमामा चेक जाँचमा कडाइ गरिएको हो ।
आगामी २०-२५ कात्तिक (६-११ नभेम्बर) सम्म बिहारमा विधानसभा चुनाव हुन लागेको हो ।
चुनावलाई लिएर ७२ घण्टा अगाडि सीमालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सिल गर्ने जानकारी प्राप्त भएको डीआइजी ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4