News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपियन च्याम्पियन्स लिगमा आर्सनलले शतप्रतिशत जित हात पारेको छ ।
- यस्तै लिभरपुलले रियल मड्रिडलाई १-० ले हराएको छ।
- लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गोल गरेका थिए।
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लबहरुले सुखद नतिजा निकालेका छन् ।
लण्इंडन क्ग्लिलब आर्ससनलले च्याम्पियन्स लिगमा लगातार चौथो खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । यस्तै लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ ।
आर्सनलले स्लाभिया प्रागलाई ३-० ले पराजित गरेको हो । स्लाभियाको मैदानमा भएको खेलमा आर्सनलका लागि मिकेल मेरिनोले २ तथा बुकायो साकाले १ गोल गरे ।
जितपछि ४ खेलबाट १२ अंक जोडेर आर्सनल दोस्रो स्थानमा छ ।
लिभरपुलले रियल मड्रिडलाई १-० ले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको लागि एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ४ खेलमा ९ अंक भएको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि रियल गोलअन्तरका आधारमा लिभरपुलभन्दा माथि पाँचौं स्थानमा छ ।
यस्तै अर्को इंग्लिस क्लब टोटनहामले डेनिस क्लब कोपनहेगनलाई ४-० ले पराजित गरेको छ ।
यस्तै एट्लेटिको मड्रिडले युनियन सेन्ट गिलोसलाई ३-१ ले, मोनाकोले बोडोलाई १-० ले पराजित गर्दा नापोली र फ्रान्कफर्टले गोलरहित बराबरी खेले । ओलम्पियाकस र पीएसभीले १-१ को बराबरी खेले ।
प्रतिक्रिया 4