१९ कात्तिक, काठमाडौं । अमेरिकाको केन्टुकीमा पर्ने लुईभिले एयरपोर्टमा उडानका भर्ने क्रममा यूपीएस कागोर्को एक विमान दुर्घटनामा परेको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागको छ । उक्त दुर्घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । अन्य ११ जनाको उपचार भइरहेको र केही मानिसको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ ।
विमानमा लागेको आगोको लप्का टाढाबाट देखिएका छन् । विमानमा झण्डै ३८ हजार ग्यालेन ईन्धनले भरिएको बताइएको छ । दुर्घटना पछि विमानमा आगो लाग्दा आसपासका ब्यापारिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको छ ।
विमान कम्पनी यूपीएसले विमानमा चालक दलका तीन सदस्य सवार रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4