+
+
Shares

स्टार्टअप कर्जा लिन चाहनेलाई आवेदन खुल्यो, के चाहिन्छ योग्यता ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले स्टार्टअप व्यवसायका लागि 'स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि' अनुसार परियोजना प्रस्ताव आह्वान गरेको छ।
  • औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले इच्छुक उद्यमीहरूलाई आवेदन दिन २१ दिनको समय तोकेको छ।
  • चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन्।

१९ कात्तिक, काठमाडौं । सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी गर्दै ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार कर्जा लिन योग्य इच्छुक उद्यमीहरूलाई आवेदन दिन अनुरोध गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यो कर्जाका लागि आवेदन खुला गरेको हो ।

इच्छुक उद्यमीहरूलाई प्रस्ताव पेस गर्न २१ दिनको समय तोकिएको छ । कर्जाका लागि आवेदन दिन चाहने उद्यमीहरूले कार्यविधिको दफा ४ मा उल्लेखित योग्यताका मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

आवेदकहरू सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता भएका हुनुपर्ने प्रावधान राखिएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार पारी अनलाइन माध्यमबाट पेस गर्न सकिनेछ ।

संशोधित कार्यविधिअनुसार चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यसअघि सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थियो ।

यी हुन् स्टार्टअप उद्यमको योग्यता 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?