१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताएका छन् ।
बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो सधैँभरी महिना महिनामा सरकार परिवर्तन गर्ने सिस्टम, राज्य सञ्चालनको शासन प्रणालीलाई अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,’ उनले भनेका छन् ।
यसअघि अघि बढ्न सकेको खण्डमा कम्युनिस्ट आन्दोलन धेरै अघि बढ्नसक्ने उनले बताएका छन् ।
‘त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौं । तपाईंहरू सबैमा विनम्र अनुरोध छ, यो पास गरिदिनुस्,’ उनले भने ।
प्रतिक्रिया 4