News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ।
- पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुखबाट मानव संशाधन व्यवस्थापन विभागमा सरुवा भएका छन्।
- गभर्नर विश्वनाथ पौडेलले १८ कार्यकारी निर्देशकमध्ये ११ जनाको जिम्मेवारी हेरफेर गरेका थिए।
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडलले पाएका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुखबाट सरुवा भएका पौडेलले बुधबारदेखि नै प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संशाधन व्यवस्थापन विभागमा सरुवा भएसँगै पौडेल केन्द्रीय बैंकको प्रवक्ता पनि तोकिएका हुन् । गत सोमबार गभर्नर विश्वनाथ पौडेलले कुल १८ कार्यकारी निर्देशक मध्ये ११ जनाको जिम्मेवारी हेरफेर गरेका थिए ।
सोही क्रममा पौडेललाई विभाग परिवर्तनसँगै प्रवक्ताको पनि जिम्मेवारी तोकिएको केन्द्रीय बैंकले जनाएको छ । २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलसँ बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतको कार्यानुभव छ ।
प्रतिक्रिया 4