+
+
Shares

चीन र भारतका कम्युनिस्ट पार्टी सम्झँदै माधवले भने- नेपाली कम्युनिस्ट पार्टी किन नभन्ने ?

अध्यक्ष नेपालले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी भन्छन्, भारतीय कम्युनिस्ट पार्टी भन्छन् । भनेपछि हामीले नेपाली कम्युनिस्ट पार्टी किन नभन्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:०८

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भारत र चीनमा कम्युनिस्ट पार्टीको नाम नियाल्दै आफूहरूले नवगठित पार्टीको नाम घोषणा गरेको सुनाएका छन् ।

बुधबार कम्युनिस्ट पार्टी एकता घोषणा सभामा सम्बोधन गर्ने क्रममा नेपालले पार्टीको नाम राख्न वृहत छलफल भएको बताए ।

‘यो नेपाली कम्युनिस्ट पार्टी, हामीले सोचेका थियौं, पार्टीको नाम के राख्ने ? नेकपा समाजवादी राख्ने कि हाम्रो राजु कार्की कमरेडको । सबै समाजवादी कुन समाजवादी कुन समाजवादी ? अनि नेपाली कम्युनिस्ट राख्ने कि ?,’ नेपालले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी भन्छन्, भारतीय कम्युनिस्ट पार्टी भन्छन् । भनेपछि हामीले नेपाली कम्युनिस्ट पार्टी किन नभन्ने ?’

अनि चम्किलो तारालाई चुनाव चिन्ह राखिएको बताए । ‘तारा चम्किलो चिन्ह किन नलिने । वृहत छलफलपछि हामी यो दुईवटा निष्कर्षमा पुगेका हौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?