+
+
Shares

मेरो हातमा लागेको दागलाई भ्रामकरुपमा प्रस्तुत गरियो : वर्षा राउत

फेसबुकमा स्टाटस लेख्दै राउतले आफ्ना हातमा लागेका दागहरू १०/१५ वर्ष पुराना भएको उल्लेख गरेकी छन् । फेसबुक प्रोफाइलमा अहिले पनि दाग भएका फोटोहरू रहेको र अहिले पनि हेर्न सकिने उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १९:३३
मंगलबार दिउँसो आयोजित फिल्म 'हर्ष'को पत्रकार सम्मेलनमा अभिनेत्री वर्षा राउत ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री वर्षा राउतले आफ्नो हातमा लागेको दाग १०-१५ वर्ष पुरानो भएको र अहिले पनि फेसबुक प्रोफाइलमा देख्न सकिने बताएकी छन्।
  • राउतले मिडियामा आफ्नो व्यक्तिगत जीवनबारे गलत अर्थ लगाइएको र त्यसले उनलाई दुःख दिएको उल्लेख गरेकी छन्।
  • उनले आगामी फिल्म 'हर्ष'को ट्रेलर कार्यक्रममा व्यक्तिगत प्रश्नको जवाफ नदिने निर्णय गरेको र कलाकारितामा केन्द्रित हुन चाहेको बताएकी छन्।

काठमाडौं । अभिनेत्री वर्षा राउतले आफ्नो हातमा लागेका दागको विषयमा भैरहेका मिडिया टिप्पणीबारे प्रष्टीकरण दिएकी छन् ।

आगामी फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनको हातमा लागेका दागबारेका प्रश्न सोधिएका थिए ।

बुधबार बेलुका फेसबुकमा स्टाटस लेख्दै राउतले आफ्ना हातमा लागेका दागहरू १०/१५ वर्ष पुराना भएको उल्लेख गरेकी छन् । फेसबुक प्रोफाइलमा अहिले पनि दाग भएका फोटोहरू रहेको र अहिले पनि हेर्न सकिने उनको भनाइ छ ।

लेख्छिन्, ‘आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन् । मेरा १०-१५ वर्षअघिका तस्वीरहरू अझै पनि मेरो प्रोफाइलमै छन्, त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ ।’

उनले आफ्नो व्यक्तिगत जीवनबारे अनुमान नगर्न समेत आग्रह गरेकी छन् । फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनबारे टिकाटिप्पणी भएको भन्दै उनी दुःखित सुनिएकी छन् ।

मिडियामा आफूलाई नकारात्मकरुपमा चित्रण गर्ने गरिएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘मैले एउटा कुरा भनेकी थिएँ । मलाई कहिलेकाहीँ मिडियामा बोल्न डर लाग्छ । त्यो डर अहंकार होइन, न त दूरी बनाउने इच्छा हो । त्यो डर त त्यसैले हो किनभने जतिसुकै सरल मनले बोलेको कुरा पनि कहिलेकाहीँ गलत अर्थमा लिएर व्यक्तिगत जीवनमा जोडिन्छ । त्यसैले म बोल्नुअघि सयपटक सोच्न थालेकी छु ।’

‘हर्ष’को ट्रेलर रिलिज कार्यक्रममा आफूले कतिपय व्यक्तिगत प्रश्नको जवाफ नदिने निर्णय गरेको उनको भनाइ छ । ‘किनभने कहिलेकाहीँ मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ भन्ने लाग्छ । तर आज आएर मिडियामा मेरो नबोलेका कुराहरूलाई फरक अर्थमा प्रस्तुत गरिएको देख्दा मन दुख्यो’ उनले भनेकी छन् ।

कलाकारको लागि सबैभन्दा ठूलो पहिचान उसको काम, मिहेनत र सिर्जनाशिलता रहेको बताउँदै उनले व्यक्तिगत जीवनका अनुमान नरहेको बताएकी छन् । केही महिनायता वर्षाको वैवाहिक जीवनलाई लिएर मिडियामा केही चर्चा भएको थियो । यो स्टाटसमार्फत आफू कलाकारितामा केन्द्रित हुन चाहेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?