+
+
Shares

विद्युतीय गाडीको प्रवर्धन दूत नियुक्त भएपछि वर्षाले मनाइन् खुसी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री वर्षा राउत सीजी मोटर्सको प्रवर्धन दूत घोषित भएकी छन्।
  • उनले नयाँ इलेक्ट्रिक गाडी आयोन भीलाई स्वागत गर्दै गर्व व्यक्त गरिन्।
  • कम्पनीले उनलाई ब्राण्ड इन्डोर्सरको रुपमा चिनाएको छ।

काठमाडौं । अभिनेत्री वर्षा राउत सीजी मोटर्सको प्रवर्धन दूत घोषित भएकी छन् । वर्षाले नयाँ गाडी आफ्नो जीवनमा आएकोमा खुसी जनाउँदै जीएसी मोटर्सलाई इन्डोर्स गर्न पाउँदा गर्व महसुस गरेको बताएकी छन् ।

उनले मंगलबार बेलुका आयोन भी ब्राण्डको सेतो रङको गाडीसँगै स्याम्पेन खोल्दै खुसीको क्षणलाई सेलिब्रेसन गरेको तस्वीर सेयर गरेकी छन् ।

उनी क्याप्सनमा लेख्छिन्, ‘मेरो जीवनमा इलेक्ट्रिक आयोन भीलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा म उत्साहित छु, मेरो नयाँ सवारीको रूपमा मात्र होइन, सीजी मोटर्सको गौरवशाली ब्राण्ड एन्डोर्सरको रूपमा पनि रहेको छ ।’

उक्त ब्राण्डले पनि सामाजिक संजालबाट वर्षालाई ब्राण्ड इन्डोर्सरको रुपमा चिनाएको छ । ‘नेपालको एक प्रभावशाली आइकनको रूपमा, उनको आयोन भी ब्राण्डको छनोटले स्मार्ट, दिगो गतिशीलतातर्फको शक्तिशाली परिवर्तनलाई प्रतिबिम्बित गर्दछ । सँगै, हामी हरियाली भविष्यतिर अगाडि बढ्छौं’ कम्पनीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?