+

काभा यू-१९ महिला भलिबलमा नेपालले श्रीलंकालाई हरायो

२०८२ कात्तिक  १९ गते २१:१९ २०८२ कात्तिक १९ गते २१:१९
काभा यू-१९ महिला भलिबलमा नेपालले श्रीलंकालाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले श्रीलंकालाई ३-१ को सेटमा हराउँदै काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।
  • नेपालले दुई खेलबाट ४ अंक जोडेको छ भने कीर्गिस्तान ५ अंकसहित शीर्ष स्थानमा छ।
  • नेपालले लिग चरणको तेस्रो खेलमा बिहीबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

१९ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।

बुधबार कोलोम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा भएको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-१ को सेटमा हरायो ।

नेपालले श्रीलंकालाई २५-१८, २६-२४,१९-२५, २५-२० ले पराजित गरेको हो ।

पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित भएको थियो ।

पहिलो जितपछि नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दुई खेल जितेर कीर्गिस्तान ५ अंकसहित शीर्ष स्थानमा छ ।

कीर्गिस्तानले बुधबार भएको खेलमा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो । कीर्गिस्तानले माल्दिभ्सलाई २५-२१, २५-९,२५-२१ ले पराजित गरेको हो ।

नेपालले लिग चरणको तेस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

काभा यू-१९ महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय