+
+
Shares

खैरो हेरोइनसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ९:४५

२० कात्तिक, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित युवा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निरज लामा (३२), सुजल विश्वकर्मा (२८), बिदुर याङ्बो (३१) र रोमन राई (१९) रहेका छन् ।

प्रहरी उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?