News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ।
- लोकल गोलभेडाको मूल्य प्रतिकिलो २५ रुपैयाँले बढेर ५५ रुपैयाँ कायम भएको छ।
- टनेलको सानो गोलभेडा आज प्रतिकिलो ९० रुपैयाँमा किनबेच भइरहेको छ।
२० कात्तिक, काठमाडौं । कालीमाटी बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै लोकल गोलभेँडाको प्रतिकिलो २५ रुपैयाँले बढेको छ । बुधबार ३० रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको मूल्य आज प्रतिकिलो ५५ रुपैयाँ कायम छ ।
टनेलको सानो गोलभेँडा भने आज किलोको ९० रुपैयाँमा किनबेच भइरहेको छ । एकसाताअघि भने गोलभेँडा प्रतिकिलो ५२ देखि ७० रुपैयाँसम्म किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4