News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा गोलभेँडाको मूल्य पुस महिनाको तीन सातामा ४ देखि ५७ प्रतिशतसम्म बढेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सानो लोकल गोलभेँडाको मूल्य २ पुसमा ६५ रुपैयाँबाट २३ पुसमा १ सय २ रुपैयाँ पुगेको जनाएको छ।
- भारतीय सानो गोलभेँडाको मूल्य ३८ प्रतिशतले बढेर २३ पुसमा प्रतिकिलो १ सय १८ रुपैयाँ कायम भएको छ।
२३ पुस, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य फेरि उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले गोलभेँडाको भाउ बढेको देखाएको हो ।
पुसको तीन सातामै गोलभेँडाको भाउ ४ देखि ५७ प्रतिशतसम्म बढेको छ । २ देखि २३ पुससम्मको अवधिमा सानो लोकल गोलभेँडाको मूल्य सबैभन्दा धेरै बढेको छ । २ पुसमा प्रतिकिलो थोकमा औसत ६५ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १ सय २ रुपैयाँ कायम छ ।
यस्तै भारतीय सानो गोलभेँडा पनि ३८ प्रतिशतले बढेको छ । २ पुसमा प्रतिकिलो ८३ रुपैयाँमा किनबेच भएको भारतीय सानो गोलभेँडाको मूल्य आज १ सय १८ रुपैयाँ कायम छ ।
भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा २२ रुपैयाँ बढेर १ सय २२ रुपैयाँ कायम छ । यस्तै तराईको सानो गोलभेँडाको मूल्य प्रतिकिलो ३२ प्रतिशतले बढेको छ । २ पुसमा प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा अहिले प्रतिकिलो १ सय १३ रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी नेपाली ठूलो गोलभेँडाको मूल्य तीन साता अवधिमा प्रतिकिलो ४ प्रतिशतले बढेर १ सय १० रुपैयाँ कायम छ ।
प्रतिक्रिया 4