+
+
Shares

गोलभेँडाको भाउ होलसेलमै किलोको १४५ रुपैयाँसम्म

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो औसत १२ रुपैयाँले बढेर १ सय २२ रुपैयाँ पुगेको छ।
  • टनेलको सानो गोलभेँडाको भाउ आज प्रतिकिलो न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४५ रुपैयाँसम्म बढेको छ।
  • लोकल गोलभेँडाको भाउ आज प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय १० रुपैयाँसम्म किनबेच भइरहेको छ।

९ मंसिर, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ निरन्तर उकालो लागिरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत १२ रुपैयाँ बढेको छ ।

हिजो सोमबार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय ५ देखि अधिकतम १ सय १५ र औसत १ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम  १ सय १० देखि अधिकतम १ सय ३५ र औसत १ सय २२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै टनेलको सानो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४५ र औसात १ सय ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार टनेलको सानो गोलभेँडा न्यूनतम १ सय ४ देखि अधिकतम १ सय १ सय ३० र औसत १ सय १८ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज लोकल गोलभेँडा पनि प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय १० रुपैयाँसम्म किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?