News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ।
- नेपाली ठूलो गोलभेँडाको भाउ बुधबार प्रतिकिलो ५५ रुपैयाँबाट बिहीबार ६४ रुपैयाँ पुगेको छ।
- भारतीय ठूलो गोलभेँडाको भाउ पनि बुधबार ६५ रुपैयाँबाट बिहीबार ७० रुपैयाँ पुगेको छ।
१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ ।
बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६४ रुपैयाँमा किनबेच भइरहेको छ ।
भारतीय ठूलो गोलभेँडाको भाउ पनि आज बिहीबार प्रतिकिलो ५ रुपैयाँले बढेर ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले बढेको छ । हिजो बुधबार २७ रुपैयाँमा किनबेच भएको लोकल गोलभेडाँको मूल्य आज किलोको ४२ रुपैयाँ कायम छ ।
टनेलको सानो गोलभेँडा भने आज किलोको ५९ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4