
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारको तथ्यांक अनुसार, दुई दिनमा गोलभेँडाको मूल्य २९ प्रतिशतले घटेको छ।
- गत शनिबार ७० रुपैयाँमा कारोबार भएको गोलभेँडाको मूल्य बुधबार १०४ रुपैयाँ पुगेको थियो।
- अहिले लगातार दुई दिनमा मूल्य घटेर स्थानीय र भारतीय गोलभेँडाको मूल्य ७३ रुपैयाँ र ५४ रुपैयाँ कायम भएको छ।
३० जेठ, काठमाडौं । बजारमा गोलभेँडको मूल्यमा गिरावट आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार २ दिनमा गोलभेँडाको भाउ २९ प्रतिशतले घटेको छ ।
कालीमाटी बजारको तथ्यांक हेर्दा २ दिनमा गोलभेँडाको भाउमा प्रतिकिलो ३१ रुपैयाँको गिरावट आएको छ ।
गत शनिबार प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको नेपाली गोलभेँडाको मूल्य बढेर बुधबार १ सय ४ रुपैयाँसम्म पुगेको थियो । अहिले लगातार २ दिनमा गोलभेँडाको मूल्यमा गिरावट आएको हो ।
बुधबार प्रतिकिलो १०४ रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको मूल्य आज शुक्रबार ७३ रुपैयाँ कायम भएको छ ।
यस्तै लोकल गोलभेँडाको मूल्य पनि २ दिनमा प्रतिकिलो २१ रुपैयाँले घटेर ५४ रुपैयाँममा कारोबार भइरहेको छ ।
टनेलको सानो गोलभेँडाको मूल्य २ दिनमा प्रतिकिलो २१ रुपैयाँले घटेर ६५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4