+
+
Shares

गोलभेँडाको भाउ बढ्यो 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सानो लोकल गोलभेँडाको भाउ ११.६७ प्रतिशतले बढेर प्रतिकिलो ८३ रुपैयाँ कायम भएको जनाएको छ।
  • टनेल गोलभेँडाको भाउ शनिबारको तुलनामा १४.८२ प्रतिशतले बढेर आइतबार प्रतिकिलो ९७ रुपैयाँ पुगेको छ।
  • भारतीय सानो गोलभेँडाको मूल्य ८ रुपैयाँले बढेर प्रतिकिलो ९८ रुपैयाँ कायम भएको छ भने तराई सानो गोलभेँडा प्रतिकिलो ९३ रुपैयाँमा किनबेच भइरहेको छ।

६ पुस, काठमाडौं । बजारमा गोलभेँडाको भाउ बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले गोलभेँडाको भाउ बढेको देखाएको हो ।

आज आइतबार सानो लोकल गोलभेँडाको भाउ शनिबारको तुलनामा ११.६७ प्रतिशतले बढेको छ । हिजो शनिबार सानो लोकल गोलभेँडा प्रतिकिलो थोकमा औसत ७५ रुपैयाँमा किनबेच भएको थियो । आज उक्त गोलभेँडाको भाउ प्रतिकिलो ८ रुपैयाँले बढेर ८३ रुपैयाँ कायम छ ।

यस्तै आज टनेल गोलभेँडा प्रतिकिलो १२ रुपैयाँ बढेको छ । हिजो शनिबारको तुलनामा टनेलको गोलभेँडा प्रतिकिलो १४.८२ प्रतिशतले बढेर ९७ रुपैयाँ कायम छ । हिजो  उक्त गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी आज भारतीय सानो गोलभेँडाको मूल्य ८ रुपैयाँले बढेर प्रतिकिलो ९८ रुपैयाँ कायम छ । तराई सानो गोलभेँडा आज प्रतिकिलो ९३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?