+
+
Shares

बढ्यो गोलभेँडाको भाउ

कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सोमबार स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ।
  • नेपाली ठूलो गोलभेँडाको भाउ आइतबार प्रतिकिलो ५५ रुपैयाँबाट सोमबार ६५ रुपैयाँ पुगेको छ।
  • लोकल गोलभेँडाको भाउ पनि प्रतिकिलो २५ रुपैयाँबाट ३० रुपैयाँ पुगेको छ भने टनेलको सानो गोलभेँडा ४४ रुपैयाँमा किनबेच भइरहेको छ।

२६ साउन, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ ।

आइतबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो ५ रुपैयाँले बढेको छ ।

आज लोकल गोलभेँडा प्रतिकिलो ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भने लोकल गोलभेँडा प्रतिकिलो २५ रुपैयाँमा किनबेच भएको थियो ।

टनेलको सानो गोलभेँडा भने आज प्रतिकिलो ४४ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?