२० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेनजी अगुवासँग अन्तरसंवाद सुरु गरेको छ ।
राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार जेनजी अगुवाहरूसँग अन्तरसंवाद सुरु गरेको हो ।
अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मानुषी यमी भट्टराईसहित जेनजी अगुवा अर्नब चौधरी, अमित खनाल, मजिद अन्सारी, विकास रसाइली लगायत सहभागी छन् ।
जेनजीसँगको यस अन्तरक्रियामा जेनजीहरूले आफ्ना कुरा राखिरहेका छन् ।
कार्यक्रमको सुरुवातमा मानुषी यमी भट्टराइले आफ्ना धारणा राखिरहेकी छन् ।
यमीले जेनजी अगुवासग भनेकी छन्, ‘हाम्रो उपस्थिति हुँदाहुँदै तपाईंहरू किन सडकमा आउनुभयो ? जबकी हामी १० वर्षदेखि नयाँ शक्ति भनेर लागेकै थियौं ? यो जेनजी विद्रोहले हामीमाथि पनि प्रश्न छेडेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4