News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेस्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद नाफा ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख रुपैयाँ पुगेको छ।
- लोन लस प्रोभिजन ९७ करोड ५१ लाखबाट २ अर्ब ८० करोड रुपैयाँ पुगेकोले बैंकको खुद नाफामा असर परेको छ।
- कुल कर्जामा निष्क्रिय कर्जा ५.८२ प्रतिशतबाट ६.६३ प्रतिशत पुगेको छ र खुद ब्याज आम्दानी पनि घटेको छ।
२१ कात्तिक, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको खुद नाफा उच्च दरले घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९६.९२ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको खुद नाफा ४ करोड ५० लाख रुपैयाँ छ ।
गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ४६ करोड रुपैयाँ थियो । नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु हो । पहिले लोन लस प्रोभिजन रकम ९७ करोड ५१ लाख रुपैयाँ रहेकोमा अहिले २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जसले गर्दा खुद नाफामा असर परेको हो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । यस्तो आम्दानी पहिले ३ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब २४ करोड रुपैयाँ छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी ०.५३ रुपैयाँ छ । पहिले यस्तो आम्दानी १७.१६ रुपैयाँ थियो । प्रतिसेयर नेटपर्थ १९६ रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ५.८२ प्रतिशत रहेकोमा अहिले ६.६३ प्रतिशत छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब १६ करोड रुपैयाँ (प्रतिसेयर ३.४३ रुपैयाँ) ऋणात्मक छ । बजार मूल्य प्रतिकित्ता २०४ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.२८ बाट घटेर ५.६९ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया 4