+
+
Shares

संघ र प्रदेश संसद्का पदाधिकारीले भेटे राष्ट्रपति, सरकारको निर्णयमा जनाए असन्तुष्टि

राष्ट्रपतिलाई भेट्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघ र प्रदेश संसद्का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद सचिवालय सदस्य संख्या कटौती र स्वकीय सचिव सुविधा खारेजमा असन्तुष्टि जनाएका छन्।
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत पदाधिकारीहरू राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए।
  • सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा भएको छलफलले सरकारको निर्णयले संसद्को अपहेलना गरेको निष्कर्ष निकालेको छ।

२१ कात्तिक, काठमाडौं । संघ र प्रदेश संसद्का पदाधिकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले संघीय संसद् र प्रदेश संसद्का सदस्य तथा पदाधिकारीको सचिवालय सदस्य संख्या कटौती र स्वकीय सचिवको सुविधा खारेज गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपतिलाई भेट्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे पुगेका छन् ।

कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पनि राष्ट्रपति कार्यालय गएका हुन् ।

राष्ट्रपतिलाई भेट्न जानु अगाडि उनीहरू सामूहिक छलफलमा जुटेका थिए ।

मध्यान्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा भएको छलफलले सरकारको निर्णयले संसद्को अपहेलना गरेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?