+
+
Shares

नर्सिङ आन्दोलन : कार्यदलमा पेशागत संगठनका सदस्य थप्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते २२:०८

२१ कात्तिक, काठमाडौं । तीन बुँदे सहमतिसँगै नर्सहरूले आन्दोलन फिर्ता लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार सेवासुविधा सम्बन्धी माग राख्दै आन्दोलनमा रहेका नर्सहरूले सहमतिसँगै विरोधका कार्यक्रम हालका लागि फिर्ता लिएका हुन् ।

मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य क्षेत्र सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई यसअघि गठन भएको प्रा.डा. श्रीकृष्ठ श्रेष्ठ नेतृत्वको कार्यदलमा सदस्यका रूपमा समावेश गर्ने सहमति गरिएको छ ।

नर्सहरूको सेवासुविधा र समस्या समाधानका विषयमा यथार्थ विवरणसहित सुझाव पेश गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ ।

सहमतिसँगै नर्सहरू हाल चलिरहेको आन्दोलन स्थगित गर्दै नियमित सेवामा फर्किने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?