+
+
Shares

काठमाडौंमा थारू महिलाले मनाए समाचकेवा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १४:५४

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन् ।

मंगलबार थारु महिला समाज उपत्यका समितिले काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका दिदीबिहनीहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए ।

थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला समाज, उपत्यका समितिकी अध्‍यक्ष सुशीला चौधरीले बताइन् ।

‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका छौं।’

उनले अहिले सरकारले दशैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारु लगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरिन् । उनले भनिन्, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो ।’

तस्वीरहरू  : विकास श्रेष्ठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?