+
+
Shares

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मतको संकट, केहीबेरलाई रोकियो मत विभाजन

नेकपा माओवादी केन्द्रका दुई प्रदेश सांसदले विद्रोह गरेपछि मुख्यमन्त्री सोनालले विश्वासको मत नपाउने संकट उत्पन्न भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १६:४८

२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललले विश्वासको मत पाउने संकट उत्पन्न भएको छ । सत्ता पक्षका ५४ जना सांसद प्रदेशसभामा उपस्थित छन् । तर नेकपा माओवादी केन्द्रका दुई प्रदेश सांसदले विद्रोह गरेपछि मुख्यमन्त्री सोनालले विश्वासको मत नपाउने संकट उत्पन्न भएको हो ।

विश्वासको मत नपाउने भएपछि केहीबेरका लागि मत विभाजन रोकिएको छ ।

१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित छन् ।

मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित छिन् ।

माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?