२२ कात्तिक, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आउँदा उडान अवतरण भद्रगोल बनेको छ ।
काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, अहिले फिल्डमा प्राविधिक टोलिले काम गरिरहेको छ । उनले आंशिक समस्या समाधान भएको पनि बताए ।
तर, उडान/अवतरण सुचारू हुन अझै समय लाग्ने छ । अहिले कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको छ ।
स्पाइसजेटले आजको उडान रद्द गरेको छ । उक्त विमान दिल्लीबाट काठमाडौं आउने क्रममा थियो ।
जनकपुरबाट आएको बुद्धको जहाज उतै पठाइएको छ । सुर्खेतबाट आएको बुद्धको जहाजलाई पोखरा डाइभर्ट गरिएको छ ।
अन्य जहाज होल्डमै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4