News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा नेपाल एयरलाइन्सको आर ए २३० जहाज दुबईबाट दिल्ली डाइभर्ट गर्नु परेको छ।
- विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले 'लो होल्डिङ फ्यूल' कारण जहाज डाइभर्ट भएको बताए।
- पार्किङ वे मर्मत भइरहेको र स्लट व्यवस्थापन नगरी उडान अनुमति दिने प्राधिकरणको प्रवृत्तिले समस्या दोहोरिने गरेको छ।
२८ कात्तिक, काठमाडौं । त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा दुबईबाट आएको नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट गर्नु परेको छ ।
पार्किङ वे व्यस्त भएपछि नेवानिले धेरै समय होल्ड गर्नुपर्ने थियो । त्यसका लागि पर्याप्त इन्धन नहुँदा दिल्ली डाइभर्ट गर्नु परेको बताइएको छ । विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले ‘लो होल्डिङ फ्यूल’ कारण यो जहाज डाइभर्ट भएको बताए ।
विमानस्थल स्रोतका अनुसार व्यस्त समयमा पार्किङ वे उपलब्ध नभएको सूचना क्याप्टेनलाई दिइएको थियो । त्यसपछि जहाज दिल्ली डाइभर्ट गरिएको हो । ‘कति समयमा वे खुल्छ र अवतरणको पालो पाइन्छ भन्ने निश्चित नभएपछि क्याप्टेनले डाइभर्ट गर्ने निर्णय गरेका हुन्,’ स्रोतको भनाइ छ ।
अहिले कतिपय पार्किङ वे मर्मत भइरहेको छ । स्लट व्यवस्थापन नगरी उडान अनुमति दिने प्राधिकरणको प्रवृत्तिले यस्तो समस्या दोहोरिने गरेका छन् ।
प्रतिक्रिया 4