+
+
WC Series
पोखरा एभेन्जर्स 2025
131/5 (16.2)
VS
२२ बलमा ३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १०:४९

२३ कात्तिक, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् ।

आज काठमाडौंको सुकुमवासी बस्तीमा पुगेर भाषण गर्दै प्रसाईंले सुकुमबासी बस्ती हटाउने बालेनको योजनाको विरोध गरे । उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।’

उनले काठमाडौं सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई लेखेट्ने काम नगर्न अनुरोध गरे ।

प्रसाईंले बालेनलाई भने, ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । र, गरिबलाई लेखेट्ने काम मात्रै भो ।’

प्रसाईंंले थप भने, ‘एउटा गरिबको छोरो, एउटी गरिबकी छोरी, गरिबको के हुन्छ, घर पनि हुँदैन, जग्गा पनि हुँदैन, कि खोलाको डिलमा बस्नुपर्यो कि सडकको फुटपाथमा बस्नुपर्यो । यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईं, तपाईं लगायतको टिमले शहरलाई राम्रो बनाउने नाममा लात हानेर खेद्नुभयो । शहर खै के सुन्दर छ, जस्ताको तस्तै छ ।’

बरु बालेनको कारणले काठमाडौंमा व्यापार व्यवसाय चौपट भएको र सटरहरु बन्द हुँदै गएको प्रसाईंले बताए ।

सुकुमबासीहरुलाई भोट बैंकको रुपमा प्रयोग मात्रै गरेको तर उनीहरुको समस्या समाधान नगरेको भन्दै प्रसाईंले राजनीतिक दलहरुको पनि आलोचना गरे ।

उनले सुकुमवासी बस्ती हटाउन आउनेहरुसँग भिड्ने उदघोष समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?