२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि प्रश्न उठाएको छ ।
रास्वपाका प्रवक्ता मनीष झाले बिहान भएको मुख्यमन्त्रीको सपथ अस्वीकार्य भएको समेत बताएका छन् ।
‘स्वास्थ समस्या छ, उपचारको लागि काठमाडौं जाँदैछु’ भनेर जनकपुरबाट राति अबेर हिडेकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सासंदलाई नया मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तो कार्य अस्वीकार्य रहेको उनले बताएका छन् । झाले अगाडि लेखेका छन्, ‘यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन । विरोध छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4