२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने भएको छ ।
शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय लिएको हो ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, यसअघि फागुन ७, ८ र ९ गते तोकिएको महाधिवेशन अब चुनावपछि मात्रै गर्नेगरी निर्णय भएको हो ।
सुरुमा गत वैशाखमा हुनेगरी तोकिएको महाधिवेशन पछि फागुनमा गर्ने निर्णय भएको थियो । महाधिवेशन चितवनमा गर्ने भनिएको थियो ।
त्यस्तै, बैठकमा सभापति रवि लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको ती केन्द्रीय सदस्यले बताए ।
‘आगामी महाधिवेशनसम्मै रवि लामिछानेकै नेतृत्वमा अघि बढ्ने निष्कर्ष निकालिएको छ,’ ती केन्द्रीय सदस्यले जानकारी दिए ।
हिजोबाट सुरु भएको रास्वपा बैठक आजबाट सकिँदैछ ।
प्रतिक्रिया 4