News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टोलीले नोभेम्बर १३ देखि १९ सम्म भारतका विभिन्न घरेलु टोलीसँग मैत्रीपूर्ण टी-२० खेल खेल्ने भएको छ।
- नेपाल क्रिकेट संघले १५ सदस्यीय टोली घोषणा गरी भारत भ्रमणबारे जानकारी गराएको छ।
- खेलहरू देहरादुनको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछन् र जनवरीमा हुने ग्लोबल छनोटको तयारीका लागि यो भ्रमण फलदायी हुने विश्वास गरिएको छ।
२४ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले यही नोभेम्बर १३ देखि १९ सम्म भारतका तीन घरेलु टोलीसँग मैत्रीपूर्ण टी-२० खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली टोलीको भारत भ्रमणबारे जानकारी गराएको हो । यस टुरका लागि १५ सदस्यीय नेपाली टोलीको पनि घोषणा भएको छ ।
नेपालले १३ नोभेम्बरमा राजस्थान, १४ नोभेम्बरमा उत्तराखण्ड, १५ नोभेम्बरमा बंगालको टिमसँग खेल्ने छ । त्यस्तै १७, १८ र १९ नोभेम्बरमा क्रमश: सोही टिमसँग दोस्रोपटक खेल्नेछ ।
सबै खेलहरू देहरादुनको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछन् ।
नेपालले आउँदो जनवरीमा घरेलु मैदानमै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।
नेपालको टोलीमा अश्मिना कर्माचार्यले लामो समयपछि पुनरागमन गरेकी छन् भने सीमाना केसी पहिलोपटक परेकी छन् । अलिशा यादव, मनीषा उपाध्याय, सना प्रवीण, ईश्वरी विष्ट, ममता चौधरी, बिन्दु रावलले पनि पुनरागमन गरेका छन् ।
नेपालको टोली : इन्दु बर्मा (कप्तान), कविता कुँवर, सना प्रविण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी बिष्ट, रोमा थापा, अश्मिना कर्मचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी, ममता चौधरी।
प्रतिक्रिया 4