+

ब्लाइन्ड टी-२० महिला विश्वकप खेल्न नेपाली टोली भारत प्रस्थान

२०८२ कात्तिक  २४ गते १५:३४ २०८२ कात्तिक २४ गते १५:३४
ब्लाइन्ड टी-२० महिला विश्वकप खेल्न नेपाली टोली भारत प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको ब्लाइन्ड टी–२० महिला टोली नोभेम्बर १२ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने पहिलो विश्वकप खेल्न भारत प्रस्थान गरेको छ।
  • राष्ट्रिय अपाङ्ग महासंघका महासचिव सुगम भट्टराई र बागमती प्रदेश अपाङ्ग महासंघका अध्यक्ष उपेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय जण्डा हस्तानतरण गर्दै टोलीलाई बिदाइ गरेका छन्।
  • नेपालले नोभेम्बर १२ मा श्रीलंकासँग पहिलो खेल खेल्ने तालिका रहेको छ र पहिलो पटक आयोजना हुने विश्वकपमा पदक जित्ने विश्वास गरिएको छ।

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर १२ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने पहिलो ब्लाइन्ड टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारत प्रस्थान गरेको छ ।

सोमबार बिहान राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय महासचिव सुगम भट्टराई र बागमती प्रदेश अपाङ्ग महासंघका अध्यक्ष उपेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको राष्ट्रिय जण्डा हस्तानतरण गर्दै बिदाइ गरे ।

नेपालले नोभेम्बर १२ तारिखमा श्रीलंकासँग पहिलो खेल खेल्ने तालिका छ । पहिलो पटक आयोजना हुन लागेको यस विश्वकपमा नेपालले पदक जित्ने विश्वास गरिएको छ ।

ब्लाइन्ड महिला विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय