News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली अल्ट्रा रनर सुमन कुलुङले नोभेम्बर १४ देखि १६ सम्म हङकङमा हुने ८० किमी ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्नेछन्।
- सुमनले स्पेनमा भएको वर्ल्ड ट्रेल एण्ड माउन्टेन च्याम्पियनसिपमा एसियाली धावकहरुमध्ये राम्रो प्रदर्शन गरेका थिए।
- अष्ट्रियाको सिग्रिड फाउण्डेसनले सुमनलाई स्पोनसरसिप गरेको र सन २०२५ को वर्ल्ड च्याम्पियनशिपका लागि मेडिकल खर्च व्यवस्थापन गर्ने जनाएको छ।
२४ कात्तिक, काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही नोभेम्बर १४ देखि १६ सम्म हङकङमा हुने ट्रान्सलानटाउ बाई युटिएमबी रेसमा भाग लिन सुमन सोमबार राती त्यसतर्फ प्रस्थान गर्देछन् । सुमनले ८० किमी दुरीको रेसमा प्रतिस्पर्धा गर्नेछन् ।
केही समयअघि स्पेनमा भएको वर्ल्ड ट्रेल एण्ड माउन्टेन च्याम्पियनसिपमा भाग लिएका सुमनले एसियाली धावकहरुमध्ये राम्रो प्रदर्शन गरेका थिए ।
सुमनसंगै फाउन्डेसनकी संस्थापक डा. सिग्रिड स्वार्जेनबाकर र पेट्रा नोकेर पनि हङकङ जाने छन् ।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका एकेन्द्र कुँवरले सुमन कुलुङले अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेको र हङकङमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास गरे ।
यस्तै सुमन कुलुङले पहिलो पटक वर्ल्ड ट्रेल रनिङ एण्ड माउन्टेन च्याम्पियन खेल्दा राम्रो अनुभव भएको र धेरै कुरा सिक्ने मौका पाएको बताए । उनले हङकङमा हुने रेसमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
अल्ट्रा रनर सुमनलाई अष्ट्रियाको सिग्रिड फाउण्डेसनले स्पोनसरसिप गरेको छ । सुमन पर्यटक गाइडको रुपमा काम गर्दा सन् २०२२ मा फाउण्डेशनका पदाधिकारीसँग भेट भएको र त्यसपछि सम्पर्कमा पुगेका थिए ।
त्यसपछि राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका शीर्ष धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको फाण्डेशनले जनाएको थियो ।
सुमन हाल अष्ट्रियामा ट्रेल रनिङ अभ्यासका साथै काम पनि गर्दै बएका छन् । उनी त्यहाँ स्की लगायत खेलहरु पनि अभ्यास गर्ने गर्नछन् ।
सुमनले वर्ल्ड च्याम्पियनसिप लगायत विश्वका विभिन्न देशमा हुने अल्ट्रा रेसहरुमा भाग लिईसकेका छन् ।
फाउण्डेशनले सन् २०२५ सेप्टेम्वरमा आयोजना हुने वर्ल्ड च्याम्पियनशिपमा सहभागी हुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन समेत गरिदिएको थियो ।
प्रतिक्रिया 4