२५ कात्तिक, काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको माग गर्दै आजबाट भेला र प्रदर्शन सुरु गरेको छ । देशभरका पालिकाहरुमा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
एमालेले संसद पुनर्स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरुलाई निर्देशन दिएको थियो । सोही अनुसार प्रदर्शन र सभा आयोजना भइरहेको नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य भएका थिए । त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4