News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेस काउन्सिल नेपालले गत साउन १ देखि असोज ३१ गतेसम्म प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको जनाएको छ।
- ती घटनामा ३४ आक्रमण/कुटपिट, १० धम्की÷दुव्र्यवहार, आठ पेसागत असुरक्षा, पाँच कब्जा÷अवरोध र दुई नीतिगत बन्देज रहेका छन्।
- बागमती प्रदेशमा सबैभन्दा बढी ४४ घटना भएका छन् र ४६ जना पत्रकार पीडित भएका छन् जसमा ४३ पुरुष र तीन महिला छन्।
२५ कात्तिक, काठमाडौं । पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो ।
तीमध्ये सबैभन्दा धेरै आक्रमण/कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए ।
त्यसैगरी धम्की÷दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा÷अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ ।
प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेश प्रदेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एकवटा घटना घटेका छन् ।
लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ ।
यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकामा बागमती प्रदेशमा एक र मधेश प्रदेशमा एक घटना घटेका हुन् ।
यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौं उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो ।
प्रतिक्रिया 4