+
+
Shares

५४ प्रतिशत हस्ताक्षरकर्ताको माग सम्बोधन हुने गरी निष्कर्षमा पुगौँ : सहमहामन्त्री जीवन परियार

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले मंसिरदेखि पुस महिनासम्म कार्यतालिका बनाएर जानुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले मंसिरदेखि पुससम्म कार्यतालिका बनाएर समयमै महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभयो।
  • परियारले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको विशेष महाधिवेशनका लागि हस्ताक्षरलाई बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो।
  • उहाँले विशेष अधिवेशनमा नजाने तर ५४ प्रतिशत प्रतिनिधिलाई सम्बोधन गर्ने गरी चाँडै निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो।

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले समयमै महाधिवेशन गरिनुपर्ने बताएका छन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले मंसिरदेखि पुस महिनासम्म कार्यतालिका बनाएर जानुपर्ने बताए ।

‘समयमा नै महाधिवेशन गर्नुपर्दछ भन्ने कुरा राख्नुभयो,’ सहमहामन्त्री परियारले राखेको धारणाबारे जानकारी दिँदै बैठकमा सहभागी एक नेताले भने, ‘उहाँको भनाइ मंसिरदेखि पुस महिनासम्म कार्यतालिका बनाएर जानुपर्दछ भन्ने थियो।’

ती नेताका अनुसार परियारले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षरलाई बेवास्ता गर्न नहुनेमा पनि जोड दिए।

‘५४ प्रतिशतले गरेको सिग्नेचरलाई इग्नोर गर्नु हुँदैन,’ सहमहामन्त्रीको भनाइ थियो, ‘विशेष अधिवेशनमा नजाऊँ । तर, ५४ प्रतिशतलाई सम्बोधन गर्ने गरी चाँडै निष्कर्षमा पुगौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?