+

साविक विजेता कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

२०८२ कात्तिक  २६ गते १८:०७ २०८२ कात्तिक २६ गते १८:०७
साविक विजेता कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ।
  • कर्णालीले मधेश युनाइटेडलाई २५-१५, २५-१२, २५-१७ को सेटमा हराएको हो।
  • जेनजी आन्दोलनका कारण स्थगित प्रतियोगिता पुनः सुरु भएको छ।

२६ कात्तिक, काठमाडौं । साविक विजेता कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको खेलमा मधेश युनाइटेडलाई सोझो सेटमा हराएर कर्णाली लिगको अन्तिम खेलअघि नै फाइनल पुगेको हो ।

कर्णालीले मधेशलाई २५-१५, २५-१२, २५-१७ को सेटमा हराएको हो । प्लेयर अफ द म्याच कर्णालीकी साफिया पुन घोषित भइन् ।

जेनजी आन्दोलनका कारण बीचमै स्थगित भएको प्रतियोगिता आजदेखि पुन: सुरु भएको हो ।

आजै अर्को खेलमा ललितपुर क्वीन्स र पोखरा निन्जाज खेलिरहेका छन् । ललितपुर पनि विजयी भएमा फाइनल पुग्नेछ ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय