+
+
Shares

वसन्तपुरमा ३२ व्‍यञ्जनले गरियो कालभैरवको पूजा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ कात्तिक २६ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरवार स्क्वायरमा रहेको कालभैरवलाई ३२ प्रकारको व्यञ्जनले पूजा गरिएको छ।
  • कालभैरव समितिका प्रमुख राजन महर्जनले नेवारी परम्परा अनुसार कालभैरवको जन्मदिनमा ३२ तरिकाको भोज राखिएको बताए।
  • मल्लकालीन समयमा कालभैरवको मूर्ति न्यायालयको रूपमा प्रयोग गरिन्थ्यो र अपराधीलाई अपराध कबुल गर्न लगाइन्थ्यो।

२६ कात्तिक, काठमाडौं। काठमाडौँको वसन्तपुरस्तिथि हनुमानढोका दरबार स्क्वायरमा रहेको कालभैरवलाई ३२ प्रकारको व्‍यञ्जनले पूजा गरिएको छ ।

वसन्तपुरस्थित भैरवस्थानमा कालभैरवलाई ३२ प्रकारको व्‍यञ्जनले पूजा गरिएको हनुमान ढोकाका स्थानीय एवम् कालभैरव समितिका प्रमुख राजन महर्जनले बताए ।

उनका अनुसार कालभैरवको उत्पत्ति अर्थात जन्मदिनमा नेवारी परम्परा अनुसार वसन्तपुरमा ३२ तरिकाको भोज राखिएको छ। उक्त भोजमा माछा, केरा, फूल, चामल,समयबजी लगायतका परिकारहरू राखेर कालभैरवलाई पूजा गरिएको हो।

कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान हो। यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ। यस काल भैरवको मूर्ति मल्लकालीन काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन् गर्दा भेटेर काठमाडौंको वसन्तपुरमा ल्याई स्थापना गरेका थिए।

मल्लकालको उत्तरार्धसम्म यसमा तत्कालीन नेपाल न्यायालयको रूपमा प्रयोग गरिन्थ्यो। त्यसबेलामा कालभैरवको मूर्ति अघि आएर अपराधीलाई अपराध कबुल गर्न लगाइन्थ्यो । यदि संदिग्धले झुटो जवाफ दिएमा उक्त व्‍यक्तिको कालभैरव मूर्ति अघि ‘रगत छादेर मृत्यु हुन्छ’ भन्ने जनविश्वास थियो।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?