News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका डान डौथवेटले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
- पोखराले डौथवेटसँगै एडम रोसिङटन र रेमन रेइफरलाई पनि अनुबन्ध गरेको छ।
- एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ।
२६ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका डान डौथवेटले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखराले सामाजिक सञ्जालमार्फत डौथवेटलाई अनुबन्ध गरेको जनाएको हो । यसअघि उनले पहिलो संस्करणमा काठमान्डु गोर्खाजबाट खेलेका थिए ।
२८ वर्षीय डौथवेटले राष्ट्रिय टोलीबाट नखेलेपनि घरेलु क्रिकेटमा भने प्रदर्शन राम्रो छ । उनले ७६ टी-२० खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् । यस्तै उनले ७७ विकेट समेत लिएका छन् ।
पोखराले यसअघि इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र वेस्टइन्डिजका रेमन रेइफरलाई अनुबन्ध गरेको छ ।
नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।
यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया 4