+
+
Shares

कांग्रेस बैठक : सकियो धारणा राख्ने क्रम, अर्को बैठक शनिबार 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १९:३३

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने गरी सकिएको छ । २८ असोजबाट सुरू भएको बैठकमा आज (बिहीबार) सम्म सबै नेताहरूले बोल्ने क्रम सकिएको छ ।

आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को बैठक २९ कात्तिक दिउँसो २ बजे बस्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?