२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले निर्वाचन अगाडि महाधिवेशन गर्ने निर्णय गरिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले निर्वाचन अगाडि कुनै हालतमा अधिवेशन हुन नसक्ने जिकिर गरे । देश गृहयुद्धमा जान लागेको भन्दै सहमहामन्त्री राठौरले कांग्रेस जसरी पनि चुनावमा जानुपर्ने बताए ।
‘देश गृहयुद्धमा जाँदैछ, त्यसैले जसरी हुन्छ चुनावमा जानुपर्छ । जेनजीको मागलाई सम्बोधन गर्नुपर्दछ,’ सहमहामन्त्री राठौरले भने, ‘निर्वाचन अगाडि महाधिवेशन निर्णय भयो भने नोट अफ डिसेन्ट लेख्छु ।’
राठौरले सभापति शेरबहादुर देउवालाई लगत भनेर छुट्टै भाष्य बनाइएको भन्दै आपत्ति जनाए ।
‘गगनजीहरू बढी पपुलर कुरा गर्नुहुन्छ, हामी त्यो गर्दैनौं । पार्टीको एकता गर्ने मान्छे शेरबहादुर देउवा गलत, तपाईंहरू मात्र ठीक ?,’ उनले प्रश्न गर्दै भने, ‘शेरबहादुर देउवामात्र होइन, हामी सबै पदाधिकारी पनि गलत हो ।’
प्रतिक्रिया 4